
रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ४ आमताेला स्थित सुकुम्बासी टाेलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षा देखि पेट फुल्ने राेग बाट पिडित अहिले पैसाकाे अभावमा राेग पाल्न बाध्य रहेकाेे खवर प्रसारण भए पछि । बिराटनगर का युवा समाजसेवी बलबहादुर बस्नेतले लखिराम काे घरमा निभेकाे अागाे वालेका छन ।उनलेे खाधन्य काे ब्यवस्थापन गरि हस्तान्तरण गरेका छन । लखिराम काेे घरमा गई उनलेे सय केजी चामल,५ केजी दाल,५ केजी नुन,१० केजी अालु, २ केजि प्याज , २ प्यकेट स्वाईविन, ५ लिटर खाने तेल ,दुई पिस साडि,दुई पिस तन्ना, सट, हाप्पेन्ट, लुङ्गि, गरि १३ हजार रुपैयाँ बराबरको सामान हस्तान्तरण गरेका हुन । बस्नेतले भने राजनीतिमा देखिएका बिकृती र विसंगतिहरुले पिरोल्ने गरेको र आम नागरिकहरुको शुभ दिन टाढिंदै गएको उनलेे बताए । राजनैतिक दल त्यही नेतृत्व त्यही भएता पनि उनिहरुको चरित्रमा सुधार भए मुलुकले निकास न पाउने उनलेे बताए । नेतृत्व वर्गको गलत प्रवृत्तिलाई चुनौती दिने गरि समाजसेवामा लाग्ने उनले बताए । अरु कसैको दुखलाई आफ्नै ठान्ने उनी मानवसेवा नै एक मात्र विकल्प हो जस्ले अमरत्व प्राप्त हेतु ईटा थप्ने काम गदर्छ। पेसाले शिक्षक भएता पनि स्वभावतः आम जनमानसमा उनी दानविर भए झै महसुस हुन्छ।अबल समाजसेवी को रुपया समाज का परिचय गराउने उनको ध्येय साच्चैनै उदाहरणीय लाग्छ।अत्यन्त कठिन जीवन को भोगाई सुनाउने उनी जीवब जीवन का उत्तरार्ध सेवामा समर्पित गर्ने मनसाय राख्छन। समाजसेवालाई निरन्तरता दिने क्रममा रतुवामाई नगर पालिका बाट उनले समाज स्वामा लागेका हुन । साेहि क्रममा रंगेली नगरपालिका का कार्यपालिका सदस्य महेश साह ले पनि ५ केजि भुजा एक काटुन च्याउ च्याउ र भेष्ट समेत हस्तान्तरण गरेका छन ।
एक कठ्ठा अाैलानि जमिनमा सानाे झुपडीमा बस्दै अाएका चार परिवारलाई अहिले निकै समस्या मा परेकाेे छ । उनकाे घरमा १० बर्षका एक छाेरा सन्ताेष १३ बर्षकि छाेरी सन्ताेषि र अामा, बुबा बस्दै अाएका छन । घरकाे अार्थिक अवस्था कमजोर भएको देखेर २ बर्ष अगाडि जेठि छाेरी ले घर देखि केही टाढा गएर रुखमा झुन्डिएर अात्मा हत्या गरेकाे उनकी अामा डुलर ले बताईन । उनी हरुकाे घरमा अहिले राम्रो संग एक छाक टार्न समेत निकै कष्टकर रहेको छ । उनलेे भनिन अहिले छाेरा छाेरी लाई र श्रि मान लाई कसरी पालनपोषण गर्नु अाफु एक्लै ले जनमजदुुुुर गरेर मुुुस्किल ले परिवार पालिरहेकाे उनले बताईन ।
अाफु एक्लैले अरुकाे खेतमा गएर धान काटेर केही धान काे जाेहाे गरेता पनि श्रिमान काे उपचार गर्न सबै धान बिक्री समेत गरेकाे र अहिले घरमा खाना का लागि केही थाेरै गहुँ मात्रै रहेको र साे गहुँ सकिएपछि परिवारलाई के खुवाउनु भन्दै बिलाैना गरिहेकि छन । उनी अहिले गाउँ घरमै जन मजदुरी गरेर अाफ्नाे चार परिवार पाल्न बाध्य रहेकि छन । उनलेे श्रि मान काे उपचारका लागि ऋिण लिएर ३ लाख रुपैयाँ सकिन तर राेग भने निकाे भएन अब श्रि मान काे राेग कसरी निकाे पार्ने भन्दै बिलाैना गरिरहेकि छन । उनी पनि बिगत दुई बर्षा देखि तल्लो पेट दुख्ने समस्य बाट ग्रसित भए पनि अाफुले राेग सहेर भए पनि श्रि मान काे उपचारका लागि निकै कष्ट गर्दे अाईरहेकाे उनलेे बताईन । घरमा राम्रो संग परिवारलाई मिठाे र राम्रो खुवाउनुु उनलाई सपना जस्तो भएको छ। श्रिमान काे उपचारका लागि उनले जीवन बिकास बाट २५ प्रतिशत का दरले ५० हजार रुपैयाँ र स्थानीय बाट अडाई रुपैयाँ सेकडा का दरले ६० हजार रुपैयाँ लिएको ऋिण लिएको बताईन तर अब सबै ऋिण कसरी तिर्नु भन्दै निकै बिलाैना गरिरहेका छन। श्रिमान काे उपचारका लागि उनलेे जीवन बिकास लधुबित्तिय वितिय संस्थान लिमिटेड बाट अाफु ले ५० हजार रुपैयाँ ऋिण लिएर लिएको भएता पनि अहिले उक्त ऋिण समेत तिर्न धैध परिरहेको उनले बताईन । अहिले बैंक ले उसलाई बारम्बार ऋिण तिर्नुु भन्दै थप समस्या दिएकाे बताईन । अाफुले ऋिण तिर्न नसके पछि अाफुले बचत गरेको ३० हजार रुपैयाँ त्यहीँबाट कट्टा गर्नु भने काे र अझैै २० हजार रुपैयाँ दिनुपर्ने भने पछि थप समस्या रहेको र गाउँ ले बाट अडाई रुपैयाँ सयकडा बाट ६० हजार रुपैयाँ थप ऋिण लिएको उनले बताईन । अब श्रिमान काे उपचार कसरी गर्नु ? छाेरा छाेरी काे पालनपोषण कसरी गर्नु अाफु संग भएको सबै रकम सकिए पछि अब श्रिमान लाई कसरी बचाउनु भन्दै अाँखा बाट अासुका धार बगाउनु सिबाय केहि उपाय नभएको देखिन्छ । उनले भनिन् १ बर्ष अगाडि स्थानीयले चन्दा उठाएर २६ सय रुपैयाँ दिए अब कति गाउँमा चन्दा माग्नु भन्दै बिलाैना गरिरहेकि छन ।

