१४ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका कोभिड-१९ संक्रमित केही दिन अघि भारतबाट आएको खुलेको छ । उनि भारत स्थित ससुराली बाट फर्केर सिधै मोरँगको सुनबर्षि नगरपालिका ८ सिक्टी स्ञित घरमै गएर बसेको खुलेको छ ।
कोरोना सक्रमण पुष्टि भएपछि कोशी अस्पताल विराटनगरले गम्भिर अवस्थाका मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका ४५ वर्षीय पुरुषलाई धरान रिफर गरिएको थियो । दिउँसो धरान पुगेका पुरुषको बेलुका पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् ।
सुनबर्सी नगरपालिका मेयर कालिप्रसाद दासकाअनुसार मृतक पुरुषको ससुराली घर भारतको बिहारमा पर्छ । उनी हालै भारतबाट विरामी अवस्थामा घर फर्किएका थिए । तर उनी भारतबाट आएर घरमा बसेको जानकारी स्थानीय प्रशासनले नपाएको दासले बताए ।
दुई महिना अघि भारतबाट फर्किदा क्वारेन्टिनमा बसेका उनी दोस्रो पटक र्फकदा भने कसैले जानकारी पाएका थिएन् । ‘७-८ दिन अघि भारतबाट आएका रहेछन्’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने ।
स्वास्थ्यमा गम्भिर समस्या भएपछि मंगलबार कोशी अस्पताल, विराटनगर आएका थिए । ‘फिबर क्लिनिक आएपछि आइसोलेसनमा भर्ना गरेर स्वाब संकलन गर्न लगाएको थियो’ अस्पतालका सिनियर फिजिसिन डाक्टर दीपक सिग्देलले भने ‘विरामीको अवस्था गम्भिर थियो, रिपोर्ट पोजेटिभ आएले धरान रिफर गरिएको हो ।’
धरानमा मृत्यु भएका मोरँगका सँक्रमित पुरुष भारत स्थित ससुराली बाट फर्केर घरमै बसेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

