गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले प्रयोग गर्दै आएको छापमै (स्टाम्पमै) गलती रहेको समाचार बिहिबार गौरीगञ्ज दर्पणमा छापिए पछी गौरीगञ्ज गाउँपालिकाले मातहतका सबै छापहरु (स्टाम्पहरु) फेरेका छन् ।
स्थानीय तहमको सेवा सञ्चालन तथा ब्यवस्थापन सँबन्धी आदेश २०७४ को अनुसुची ६ मा स्थानीय तहले प्रयोग गर्ने स्टाम्प मा गाउँपालिकाको हकमा नेपाल सरकारको लोगो मुनी गाउँपालिकाको नाम र त्यस मुनी गाउँ कार्यपालिकाको कार्यालय र तल ठेगाना लेख्नु पर्ने प्राबधान छ । तर गौरिगञ्ज गाउँपालिकाले प्रयोग गर्दै आएको स्टाम्पमा गाउँकार्यपालिकाको कार्यालय हुनु पर्ने ठाउमा गाउँपालिकाको कार्यालय मात्र लेखेको छाप प्रयोग गर्दै आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

