सुनवर्सि नगरपालिका ७ नम्बर काे वडा कार्यलय ४ दिन देखि बन्द

पढ्न समय: 1 मिनेट


रबिन्द्र बाराल
माेरङकाे सुनवर्सि नगरपालिका काे बडा नम्बर ७ कार्यलय मा स्थानीयले बिगत ४ दिन देखि तालाबन्दी गरेता पनि नगर प्रमुख तथा स्थानीय प्रशासन माैन भएको छ । नेपाल सरकारले सिंह दरवार काे अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गरेता पनि अझै गाउँ घरका जनताले भने दुख पाउन छाडेका छैनन् । चुरेभावर रास्ट्रपति काेष बाट चैत्र महिना मा बक्रा खाेलामा तटबन्ध लगाउन का लागि २० लाख रुपैयाँ रकम बिनियाेजन भएता पनि नगरपालिका का मेयर काली प्रसाद दास काे एकलौटी रुपमा गरेको स्थानीयले अाराेप लगाएका छन ।। निर्माणका का लागी बडा अध्यक्ष तथा स्थानीय लाई कुनै जानकारी मेयर ले एकलौटी ढङ्गबाट उपभोक्त समिति निर्माण गरेर काम सुरु गरेको अाराेपमा वडा अध्यक्ष प्रकाश यादव ले बताए ।
मेयर ले भने अहिलेसम्म अाफुलाई वडा कार्यलयमा तालाबन्दी भएको बिषयमा कुनै जानकारी नअाएकाे र कसैले नभनेको समेत बताए । उनलेे भने अहिलेसम्म रकम समेत नअाएकाे र अाफुले कुनै किसिमको समिति समेत नवनाएकाे बताए । बिगत ४ दिन देखि बडा कार्यलय बन्द रहदा सर्वसाधारण हरुलाई जन्म दर्ता ,बिवहा दर्ता , सिफारिस जस्ता काम समेत ठप्प भएको भने दैनिकी रजस्व मा समेत प्रभाव परेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *