गौरीगञ्जमा खुल्यो अपाँगता सहयोग समितीको कार्यालय

पढ्न समय: 1 मिनेट


झापा २२ पुस । अपाँगता भएका ब्यक्तीहरुलाइ सरकारी काम काजमा सहजता दिलाउनका लागि गौरीगञ्ज गाउँपालिकामा अपाँगता सहयोग समितीको कार्यालय स्थापना भएको छ । मँगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालयबाट गौरीगञ्ज क्षेत्र भित्र रहेका अपाँगता भएका ब्यक्तीहरुलाइ सरकारी कार्यालयका कामकाजमा सहजता ल्याउन लक्षित बर्गका लागि छुट्याइएका बजेट अपाँगता भएका ब्यक्ती सम्म पुर्याउन र अपाँगता भएका ब्यक्तीहरुलाइ परिचय पत्र बनाउन समन्बयकारी भुमिका खेल्ने कुरा अपाँगता सहयोग समितीका अध्यक्ष शेरमान बुढाथोकीले बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *