

९ बैशाख, कुञ्जिबारी । कोरोना महामारीका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको बेला गौरीगञ्ज १ धानगाडाका एक मनकारी दम्पतिले आफ्नो घरमा बस्ने भाडाबालसँग चैत्र महिनाको भाडा नलिने घोषणा गरेका छन् । धानगाडाका समाजसेवी टिकालाल राजवँशी र उनकी श्रीमति बैशागी राजवँशीले भाडावाल सँग चैत महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।
उनिहरुको गौरीगञ्ज १ कुञ्जिबारी बजार स्थित घरमा जँग राजबँशीले रेडिमेड कपडा र बिजय राजवँशीले मेडिकल सँचालन गर्दै आएका छन् ।
लकडाउनका कारण सबैको आर्थिक अबस्था कमजोर बन्दै गएकोले राजवँशी दम्पतिले एक महिना बराबरको रु १३ हजार रुपैंया भाडा नलिने घोषणा गरेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले जनाएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्

