रबिन्द्र बराल ।
माघ १८, रँगेली । मोरङ सुनवर्षी नगरपालीका ६ स्थित नयाँ चाेक बाट चाँदीको गरगहना सहित एक महिला लाई पक्राउ गरिएको छ । दक्षिण बाट उतर तर्फ आउदै गरेको को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चाैकी डाईनियाँले उक्त महिला लाई पक्राउ गर्ने सफल भएको छ ।

ईलाका प्रहरी कार्यालय रंगेली काे गोप्य सुचनाको आधारमा आईतबार दिउँसो ३ बजे सिटि सफारीमा सवार सुनवर्सि नगरपालिका ९ बस्ने वर्ष २९ की मन्जु सहनी ले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याएको चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहनाहरु पक्राउ गरेको छ । प्रहरीले ठुलो पायल २० पिस,सानो पायल १सय १८ पिस, टिकटक पायल १४ पिस ,खुल्ला पायल १सय ६६ पिस र पातलो पायल २सय ४६ पिस गरी जम्मा ७ सय ४६.०० ग्राम अन्दाजी ७ के.जी. नेपाली रुपैयाँ सात लाख बराबरको रहेको प्रहरीले जनाएकाे छ । साे गरगहना गर-गहना आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए