११ बैशाख, गौरीगञ्ज । देश लकडाउनमा रहेको बेला सामाजिक दुरी कायम गर्दै जेष्ठ नागरिक भजन किर्तन मण्डली ले माता तिर्थ औसी मनाएको छ । किर्तन मण्डलीका अध्यक्ष रामकृष्ण यादबको अध्यक्षतामा राधा कृष्ण मन्दिर खजुरगाछी मा भएको कार्यक्रममा मण्डलीले आमाहरुलाइ रामनामी, मास्क, साबुन र बिस्कुट- फ्रुटी बितरण गरेर सम्मान गरेका थिए । सचिब राधा घिमिरेले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष भावना बोहरा र मैया थपलियाले स्वागत मन्तब्य राखेका थिए भने गौरीगञ्जका कार्यपालिका सदस्य राधा अधिकारीले शुभकामना मन्तब्य राखेका थिए ।
भगवानको कृपा र आमाहरुकै उचित सचेतना र स्याहारका कारण नेपालका जनता कोरोना को जोखिमबाट बच्दै आएको कुरा अध्यक्ष यादबले भने ।