१३ बैशाख, झापा । गौरीगञ्ज गाउँपालिका वडा नँ ४ को कार्यालय बाट राहतको चामल बेच्ने कर्मचारीलाइ कार्वाही हुने भएको छ ।‌शनिबारवडा वडाध्यक्ष कुल प्रसाद गिरीको अध्यक्षतामा वडा कार्यालयमा बसेको सर्वपक्षिय बैठकले वडा कार्यालयबाट राहतको चामल बेचिएको ठहर गर्दै चामल बेच्ने कर्मचारीलाइ कारवाही गर्ने निर्णय गरेको छ ।

लकडाउनको बेला अति बिपन्न परिवारका लागि राहत स्वरुप आएको चामल वडा कार्यालयबाट कार्यालयका कर्मचारी मात्रिका गिरीले बेचेको प्रमाण सहित हिजो गौरीगञ्ज दर्पणले समाचार पोस्ट गरेको थियो ।

वैठकले ५८६ परिवारलाइ राहत बाँडेको र राहतको सामग्री हिनामिना नभएको समेत ठहर गरेको छ । यद्यपि स्थानियहरुले राहत मा १० किलो चामल भनिएपनि बोरा भित्र १० किलो चामल नरहेको गुनासो गरेको छ । बिहान वडा नँ ४ नयाँहाट पुगेका गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा लाइ स्थानियहरुले सो गुनासो पोखेका हुन् ।
स्थानियहरुले राहतको बोरामा कसैलाइ ८ किलो र कसैलाइ ९ किलो चामल मात्र बितरण गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *