रबिन्द्र बराल .
साउन ३२, रँगेली । माेरङकाे रंगेली नगरपालिका ले २०७६ सालमा काेराेना काे माहामारी भएको समयमा अतिविपन्न घर परिवारलाई राहत बितरण का लागि खरिद गरेर ल्याएकाे ५७ बाेरा चामल वडा कार्यालय मै कुहिने अवस्थामा रहेको भेटिएको छ । दर्वेशा चाेकमा रहेको बडा नम्बर ८ काे वाड कार्यालय काे भवन मा साे चामलको बाेरा भेटिएको हाे । नगरपालिकाले काेराेना काे महामारीको समयमा ज्यालादारी गरेर दैनिकी जीवन निर्वाहा गर्ने बिपन्न परिवार का लागि अपुग भएर खरिद गरिएको ५७ बाेरा चामल दुई बर्ष सम्ममा पनि बितरण नहुदा साे चामल कुहिने अवस्थामा पुगेको छ । नगरले बिपन्न परिवार का एक घरपरिवार का लागि २० केजी चामल, आघा लिटर तेल, एक केजी नुुन, एक केजी दाल र एक केजी चिनी खरिद गरेर राखेता पनि अहिले बडा कार्यालयमा ५७ बोरा चामल सहित दुई पाेका तेल मात्रै भेटिएको छ । दाल,चिनी, र तेल भने काेठा बाटै गायव भएको छ । यसरी गरिव र अतिबिपन्न परिवार का लागि आएकाे चामल कुहिने अवस्थामा रहेको छ । बाँकी सामग्री कहाँ ग्याे त्याे भने कसैलाई थाह छैन । साे बडा का वडा अध्यक्ष टंक आचार्य का अनुसार चामल काे बिषयमा आफुले बारम्बार नगरपालिका लाई लिखित जानकारी गराएता पनि नगर बाट नै बेवास्ता भएको भएको भन्दै पन्छिन खाेजेका छन ।