बैशाख ७, काठमाडौं । राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र जारी गरेको छ ।
बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ । यस्तै, प्रत्येक वडामा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।
आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ । त्यसैगरी १२ कक्षासम्म पूर्ण नि:शुल्क शिक्षा, सबै स्थानीय तहमा एउटा प्रविधिक विद्यालय, सबै विद्यालयमा अनिवार्य कम्प्युटरका कार्यक्रम पनि घोषणापत्रमा समावेश गरिएको छ ।
राप्रपा कार्यालयमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जिते ६ महिनाभित्र विपन्न परिवार पहिचान गर्ने कार्यक्रम अघि सारिने र त्यसैगरी ६ महिनाभित्र सबै स्थानीय ऐनहरू निर्माण र परिमार्जन गर्ने घोषणासमेत गरेका छन् ।यस्तै सुत्केरी महिलालाई ३ महिनासम्म मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा पनि गरिएको छ । त्यसैगरी किशोरीहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप दिने घोषणा पनि समावेश छ ।
यस्तै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि बताइएको छ ।
पुर्णपाठ