रहेनन् पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ

पढ्न समय: 1 मिनेट

भदौ २६ काठमाडौं । पुर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङ को गए राति १ बजे हृदयघातबाट निधन भएको हो। उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

- Advertisement -
Ad image

अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो। इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए।

२०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए।

२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्