रबिन्द्र बराल ।
रंगेली नगरपालिकाले एक कार्यक्रम काे आयोजना गर्दे इजलास कक्षकाे उद्घाटन गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्यायिक समितिको क्षेत्राधिकार तथा न्यायिक प्रक्रियाको बारेमा उल्लेख भई स्थानीय स्तरमा न्यायिक सम्पादनको अभ्यास गरिदै आएको थियोे । साेहि अनुरुप रंगेली नगरपालिकाले न्यायिक समिति मार्फत स्थानीय स्तरमा रहेका न्यायिक समस्याहरुको छलफल र न्याय सम्पादन गर्द आईरहेकाे थियो । सहज र सरलका लागि रंगेली नगरपालिकाले इजलास निर्माण गर्नेका लागि एक कार्यक्रम आयोजना गर्दे पालिका ले इजलासको उद्घाटन गरेको छ । कार्यक्रम काे प्रमुख अतिथि उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीस तिलक प्रसाद श्रेष्ठ का अनुसार न्याकाे अगाडि काेहि पनि सानाे र ठुलाे नहुने र सबै समान रहने र न्याय भन्ने कुरा न्यायाधीश काे बपाैती काे विषय ह‌न न्याय सम्धित सराेकार वाला काे बिषय भएको प्रष्ट समेत पारेका छन । उनलेे भने रंगेली नगरपालिका ले इजलास काे स्थापना गरेर सराहनीय काम समेत गरेको उनलेे बताए । कार्यक्रममा नगर प्रमुख दिलिप वगडिया, न्यायिक समिति संयोजक केशव कुमारी खराल , प्रशासकीय अधिकृत नवराज कार्की, उच्च अदालत विराटनगरका शखिआपश्री ओमराज पुर्ण , न्यायिक समिति संयोजक सुनवर्षी का मञ्जु कुमारी राई, धनपालथान का नसिमा बानु कानेपोखरी राजमती इङ्गनाम , न्यायिक समिति, रंगेलीका सदस्य रुपेश कुमार मण्डल, श्री उर्मिला देवी मण्डल र कानुनी सल्लाहाकार जगन फुयल, इलाका प्रहरी कार्यालय रंगेली अनमोल खड्का, लगायतकाे उपस्थिति समेत रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लाई मायाकाे चिनाे तथा उच्च अदालतलाई कम्पुटर समेत दिएकाे छ । न्यायिक समिति संयोजक केशव कुमारी खराल ले भनिन् रंगेली मा स्थापना भएको इजलास का लागि उच्च अदालत बाट एक जना कर्मचारी काे व्यवस्थापन गरिदिएमा आफू हरु लाई छलफल र बहस गर्ने का लागि सहज हुने अपेक्षा समेत राखिएको उनलेे बताईन ।