रंगेली नगरपालिकाकाे बार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक

पढ्न समय: 6 मिनेट


रबिन्द्र बराल ।
असार १०, रँगेली । रंगेली नगरपालिकाले आर्थिक बर्ष २०७९÷२०८० को लागी बजेट सार्वजनिक गरेको छ । शुक्रबार छैठौ नगरसभाकाे अधिवेशनले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित गरेको हो ।

चालू आर्थिक बर्षकाे विनियोजित बजेट रु २५ करोडौं ४१ लाख ५३ हजार १ सय एकतिस रुपैयाँ पुजीगततर्फ करोड ३९ करोडौं ६८ लाख ५२ हजार २ सय ९२ रुपैयाँ , नगरपालिकाले ३ करोडौं १५ लाख राजस्व संकलन गरेको छ । आय तर्फ २०७९।८० मा निम्नानुसार श्रोतबाट रु ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ मात्र आय हुने अनुमान गरेको छु । आन्तरिक आय वाट रु ४ करोड ३५ लाख ७० हजार प्राप्त हुने अनुमान गरेको छ । राजश्व बाँडफाँड संघीय सरकार बाट ११ करोड ९७ लाख ५९ हजार र प्रदेश सरकारबाट ७७ लाख २२ हजार प्राप्त हुने अनुमान गरेको छ । संघीय सरकारबाट जम्मा ४७ करोड ३२ लाख प्राप्त हुने अनुमान गरीएकाे छ ।

- Advertisement -
Ad image

वित्तिय समानिकरण अनुदानबाट रु १६ करोड, शशर्त अनुदान बाट रु. २९ करोड ३७ लाख रुपैयाँ समपुरक अनुदान बाट रु ७० लाख ७५ लाख रुपैयाँ विषेश अनुदान बाट रु ५० लाख प्राप्त हुनेछ प्रदेश सरकारबाट ४ करोड ७९ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।जस मध्ये वित्तिय समानिकरण अनुदानतर्फ ९३ लाख ५१ हजार रुपैयाँ शशर्त अनुदान तर्फ रु २ करोड ८५ लाख ७३ हजार प्रदेश समपुरक अनुदान बाट रु. १ करोड ४ जिल्ला समन्वय समितिबाट रु ३४ लाख २ हजार ५ सय स्रोत प्राप्त हुने अनुमान गरीए काे छ । अल्या तर्फ रु १२ करोड ६० लाख ६९ हजार ७ सय ७८ प्राप्त हुने अनुमान गरेको छ । व्यय तर्फ चालु कुल खर्च तर्फ रु ४९ करोड ४३ लाख ४१ हजार विनियोजन गरेको छु । पुँजिगत कुल खर्च तर्फ रु. ३९ करोड ४६ लाख ३ हजार ७ सय ७८ विनियोजन गरेको छ । त्यसै गरि वडा तथा नगरस्तरीय रुपमा संचालन गरिने पूर्वाधार विकासका योजना तथा पूँजीगत तर्फ रु २५ करोड ९८ लाख ३ हजार ८ सय ७८ रुपैया बिनियोजन गरेको छ। रंगेली अस्पतालको सुदृढिकरणको लागि जम्मा रु १ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

रंगेली अस्पतालमा शव वाहन सेवा शुरुवात गरिएको छ । अस्पतालमा हाइड्रोशिल, हर्निया, एपेन्डिस जस्ता सर्जरी सेवा शुरुवात गरिएको छ । सहकारी मार्फत कृषि मल किसान समक्ष पुर्याउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ । सुस्त श्रवण भएका बालबालिकाको लागि छुट्टै छात्रावास सहितको अवासीय विद्यालय स्थापना गरिनेछ। सम्पूर्ण विद्यालयलाई लैंगिक मैत्रि, बालमैत्रि प्रविधिमैत्रि र अपाङ्गतामैत्री शैक्षिक तथा भौतिक पहुँचयुक्त वातावरण बनाउन आवश्यक सहकार्य गरिनेछ ।

नगरभित्रका प्रत्येक सामुदायिक बिद्यालयहरुका कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि दिवा पोषण आहार खाजा कार्यक्रम सञ्चालन गरिनेछ । लागु औषधको बढ्दो समस्यालाई निराकरण गर्न र साइबर क्राइम रोक्न सामुदायिक तथा संस्थागत (नीजि) माध्यमिक विद्यालयका किशोर किशोरीहरुलाई लागु औषध दुर्व्यसनी र साइवर अपराध नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिने । अति बिपन्न बर्गका व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट निशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम ल्याइनेछ । प्रजनन स्वास्थ्य पाठेघर झर्ने, पाठेघर तथा स्तन क्यानसर लगायत समस्याहरुको विषेशज्ञ डाक्टरद्वारा पहिचान र निःशुल्क औषधी उपचारको व्यवस्थापन गरिनेछ। अस्पतालमा मृगौला रोगीहरुको लागि निशुल्क डायलासिस सेवा शुरु गरिनेछ । निजी क्षेत्रको सहकार्यमा शल्यक्रिया सहितको आँखा अस्पताल स्थापनामा पहल गरिनेछ । लक्षित बर्गका युवा युवती तथा महिलाहरुलाई नेतृत्व विकास आत्मनिर्भर हुने किसिमका व्यवसायिक तालिम कार्यक्रम गरिनेछ। रंगेली र कानेपोखरी जोड्ने गेउरिया खोलामा पुल निर्माणको ठेका आव्हान भई छैठौ बर्षसम्म पनि सम्पन्न हुन नसक्दा दुर्घटना साथै मानविय क्षति समेत बढेकाले उक्त पुलको अधुरो कार्य दुईवटा पालिकाको साझेदारीमा सम्पन्न गरिनेछ । दुर्गा मन्दिर अगाडि रहेका पुराना सटरहरु नियमानुसार हटाई सो स्थानमा पार्क निर्माणको कार्य अधि बढाउने छ। नगर भित्र रहेका मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा जस्ता धार्मिक संस्थाहरुको उचित संरक्षण र सम्बर्धन गर्नको लागि आवश्यक नीति लिईनेछ काली मन्दिर र संसारीमाई स्थान मन्दिरको विशेष व्यवस्थापन गरिनेछ । रंगेली , सुनवर्सि, कानेपोखरी र धनपालथान लाई समेटी प्रदेश सरका आन्तरिक मामिला मन्त्रालय तथा प्रदेश सहयोग कार्यक्रमको साझेदारीमा विपद व्यवस्थापनका अधिका सुविधा उपलब्ध हुने गरी एकीकत विपद् व्यवस्थापन केन्द्र स्थापना गरिनेछ । जोखिम क्षेत्रमा कार्यरत इलेक्ट्रिसियन, दमकलका कर्मचारी, ड्राइभर लगायत कर्मचारीका लागि सामुहिक दुर्घटना बीमा कार्यक्रम ल्याइनेछ। प्रदेश सरकार, रंगेली नगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालनमा रहेको अपाङ्ग रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ । विद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउनका लागि कक्षा कोठा अभाव भएका विद्यालयमा रत्न मा.वि., महालक्ष्मी मा.वि., पब्लिक मा.वि., आदर्श मा.वि., निचामारी आ.वि., गणेश मा.वि., जनता मा.वि. आमतोला, कक्षा कोठा निर्माण गर्न रु ३ करोड ५६ लाख विनियोजन गरीएकाे छ । प्रजनन स्वास्थ्य पाठेघर झर्ने, पाठेघर तथा स्तन क्यान्सर लागायतको समस्याहरुको विषेशज्ञद्वारा पहिचान गरि उपचार तथा व्यवस्थापन गरिनेछ। मृगौला रोगीहरुको लागि निःशुल्क डाइलासिस सेवा संचालन गरिनेछ । विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा पहुँच सुनिश्चितता गर्न विपन्न नागरिक लक्षित स्वास्थ्य विमा कार्यक्रमको सुरुवात गरिनेछ। कार्यक्रममा नगर प्रमुख दिलिप वगडिया, उपमेयर भुमा पराजुली , कार्यकारी अधिकृत नवराज कार्की , कृष्ण भट्टराई , बडा अध्यक्ष जिल्ला समन्वय समिति का सदस्य देवमणि कटुवाल , बडा अध्यक्ष, कार्यपालिका सदस्य , कर्मचारी लगायतको उपस्थिति समेत रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्