कार्तिक ३० गौरीगञ्ज । झापामा मंसिर १ गतेदेखी मादकपदार्थ ओसारपसार, विक्रि वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै मादकपदार्थ विक्रि वितरणमा रोक लगाएको हो । निर्वाचन परिणाम नआउञ्जेल सम्मका लागि सूचना जारी गरिएको बताइएको छ ।

सुचना

मंसिर ४ गते हुने निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७९ को दफा ६(थ) मा भएको व्यवस्था अनुसार कार्य गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

बिज्ञापन