२३ बैशाख, झापा । गौरीगञ्ज गाउँपालिकामा केहि विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेका छन् । दुइ वटा सामुदायिक र एक बोर्डिङ्ग स्कुलले नतिजा सार्वजनिक गरेको हो ।सामुदायिक बिद्यालय मध्ये गौरीगञ्ज १ कुञ्जिबारी स्थित बाल कल्याण उच्च माविले कक्षा ८ बाहेक कक्षा ४ देखि ९ सम्मका बिद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो । कक्षा १, २ र ३ को पनि नतिजा केहि दिन भित्रै सार्वजनिक हुने कुरा बिद्यालयका प्रधानाध्यापक भिम कोइरालाले बताएकाछन् । कक्षा ८ गाउँपालिका स्तरिय भएकाले ८ कक्षाको नतिजा सबै बिद्यालयलबाट एकै दिन सार्वजनिक गरिनेछ । त्यसै गरी गौरीगञ्ज १ देवगाडा स्थित राम जानकी प्राबिले पनि कक्षा१ देखि ५ सम्म का सबै बिद्यार्थीको आजै नतिजा सार्वजनिक गरेको कुरा प्रअ टेकनारायण राजवँशीले जनाएका छन् ।
यता बोर्डिङ तर्फ गौरीगञ्ज ३ स्थित ज्ञानोदय आवासीय माबिले पनि कक्षा नर्सरी देखि ९ सम्मको नतिजा सार्वजनिक गरेको छ ।
लकडाउनका कारण सबै बिषयको परीक्षा सञ्चालन गर्न नसकिए पनि लिइएका केहि बिषयको परीक्षा नतिजामा बाकी बिषयहरुको बिगतमा सञ्चालित ३ वटा त्रैमासिक परीक्षाको औषत प्राप्ताङ्क को आधारमा नतिजा सार्बजनिक गरिएको र बिद्यालयमा फोन गरी परीक्षाको नतिजा थाहा सकिने कुरा विद्यालयकी प्रिन्सिपल कल्पना थापाले बताएको छन् ।