फागुन १ गते देशै भरी सार्वजनिक बिदा दिने सरकारको निर्णय

पढ्न समय: 1 मिनेट

,माघ २९,काठमाडौँ । ‘जनयुद्ध दिवस’को अवसरमा नेपाल सरकारले भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ।

- Advertisement -
Ad image

यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्