आज बुधवार कोरोना सँक्रमित पुष्टी भएका तिन मध्ये दुइ जना बिराटनगरको बासिन्दा भएको खबर बिराटनगरका लोकप्रीय अनलाइन आवर बिराटनगर डट नेटले प्रकाशित गरेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा आज को तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा  अन्य संक्रमित संगै रहेका थिए। यसअघि यसै समुहमा रहेका विराटनगर १७ का दुई जनामा संक्रमण देखिएको थियो । यो संगै विराटनगरबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये दुईजना विराटनगर महानगरपालिका वडा नम्बर  १५ र १७ का हुन् भने एकजना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् ।

संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यो सँगै प्रदेश नँ १ मा सँक्रमितको सँख्या २७ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । ७ जना सँक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *