असोज १, रँगेली । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रंगेलीको दोश्रो नगर अधिवेशन सम्पन्न भएकोछ । रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मत बाट प्याब्सन रँगेली नगर समिति चयन गरिएको छ । अधिवेशन ले अध्यक्ष पदमामा सूर्य प्रसाद गौतम लाई सर्वसम्मत बाट चयन छन । अध्यक्ष बाहेक अन्य पदमा समेत सर्वसम्मत रूपमा रंगेली प्याब्सनमा नयाँ नेतृत्व चयन भएको छ । समितिको सचिवमा गोपाल भट्टराई, कोषाध्यक्ष निराजन दाहाल , सदस्य हरुमा प्रमाेद कुमार मण्डल, लक्षमण भगत,षडनन्द दाहाल, राज कुमार राजवंशी गरि सात समिति चयन गरिएको छ ।
प्याब्सन नगर समिति रंगेलीमा १३ वटा निजि तथा आवासीय विद्यालयहरू आवद्ध रहेको छन । सुनवर्सि नगरपालिका भित्र ६ बटा बिधालय रहेकाे र बिधार्थि संख्या अपुग भएका कारण ले गर्दा दाेस्राे अधिबेशन बाट सुनवर्सि मा फाेकल प्र्सन का रुपमा जितेन्द्र कुमार दास लाई समेत चयन गरिएकाे निर्वाचन अधिकृत भक्तराज सुब्बा ले बताए । नयाँ कार्य समिति का निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन अधिकृत भक्तराज सुब्बा ले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत बितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथ रंगले नगरपालिकाका शिक्षा अधिकृत रवीन्द्र पण्डित, अतिथि मा सुनिल पाैडेल, बिकर्ण कार्की , जीवन खनाल, माेती ढकाल लगायत काे समेत उपस्थिति रहेको थियो ।