धरानमा गोरु काटेको घटना प्रति राप्रपाको आपत्ति

पढ्न समय: 1 मिनेट

साउन ३२, काठमाडौं ।‌ राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ ।


पार्टीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।‌‌

- Advertisement -
Ad image

पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं’ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्