
कार्तिक १२ गौरीगञ्ज । फुलपातीको दिन देखि हिजो कोजाग्रत पूर्णिमाको दिन सम्म सात दिन भित्र कोशी प्रदेशमा १३५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २६५ जना घाइते भएकाे कुरा नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

२६५ घाइते मध्य ४१ जना गम्भीर घाइते भएकाछन् । यस्तै २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैँमा ६ हजार ६२८ वटा सवारीसाधनलाई कारवाही गरिएको उनले बताए । कारवाही गरिएको सवारीसाधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

