असार १५ बिराटनगर । कोशी प्रदेशमा एमालेले नेतृत्व गरेको प्रदेश सरकार ढलेको छ । प्रदेश मुख्य मन्त्री हिक्मत कार्कीले बिश्वासको मत लिन नसकेपछी सरकार ढलेको हो । प्रदेश सभाबाट बिश्वासको मत प्रापुत गर्न नसकेपछी मुख्यमन्त्री कार्की पदमुक्त भएका छन् । बिहिबार शुरु भएको प्रदेश सभाको तेश्रो अधिवेशनमा अन्तिम समय सम्म मुख्यमन्त्री कार्कीले आफ्नो पक्षमा एक मत थप्ने प्रयास गरेका थिए ।

प्रदेश सभामा पेश भएको बिश्वासको मत सँबन्धी प्रस्तावमा बिश्वासको पक्षमा ४६ मत र बिपक्षमा ४३ मत परेको थियो । अधिवेशनमा जसपाकी साँसद निर्मला लिम्बु अनुपस्थित थिइन । सरकार जोगाउन बिश्वासको पक्षमा ४७ मतको आवश्यक्ता हुन्छ ।

काँग्रेस माओबादी केन्द्र र एकिकृत समाजबादीले बिपक्षमा मतदान गरेका थिए । गत मँसिर ४ गते सम्पन्न भएको चुनाव पछी माओबादी केन्द्र लगायतको दलहरु सँग मिलेर एमाले नेता प्रदेश सरकार गठन भएको थियो । कार्की पुस २४ गते मुख्य मन्त्री नियुक्त भएर पुस २५ गते सपथ खाएका थिए । पदभार साहालेको ६ महिना बित्न नपाउँदै कार्की नेतृत्वको प्रदेश सरकार ढलेको हो ।