नागरिक उन्मुक्ति पार्टीका सँरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् ।सोमबार बिहान उनी जेल मुक्त भएका हुन् । कैलालीको टीकापुर घटना’का मुख्य योजनाकार मानिएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि आज बिहान रिहा भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो ।
जेल मुक्त भए लगत्तै उनि टिकापुर घटनको पुन: छानबिन हुनुपर्ने बताएका छन् ।
उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ ।