घुस सहित पक्राउ परेका बुद्धशान्तिका वडाध्यक्ष निलम्बित

पढ्न समय: 1 मिनेट

असोज १०, झापा । सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस सहित पक्राउ परेका झापाको बुद्ध शान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली (गोपाल) निलम्बनमा परेका छन् ।


उनलाई अख्तियारले निलम्बन गरेको पत्र गाउँपालिकामा आएको अध्यक्ष मनोज प्रसाइले जानकारी दिएका छन् । उनले कार्यपालिकाको बैठक बसेर कार्यवाहक तोक्ने तयारी भइरहेको जानकारी दिए।

- Advertisement -
Ad image

तीन दिन अगाडि बिर्तामोडको हनुमान सेन्ट्रलमा एकजना सेवाग्राहीसँग घरबाटो सिफारिस गरिदिएबापत ओलीले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए।

उनी सहित रकम बुझाउने भारतका अमरनाथ चौहान लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्