गौरीगञ्जबाट २३ किलोमिटर उत्तर अबस्थित दमक नगरपालिकामा शुक्रबार एक ६२ वर्षिय पुरुषमा कोरोना सँक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेश नँ १ मा सँक्रमितको सँख्या ३० र देश भरी सँक्रमितको सँख्या ४९ पुगेको छ ।
त्यसै गरि गौरीगञ्जसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म २२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
नेपाल भारत बिचको दसगजा क्षेत्रमा सुरक्षा अबस्था कडा पारिएपनि दसगजा क्षेत्रमा दुबै देस तर्फ घना मकै खेति भएकाले लुकेर वारी पारी गर्ने क्रम रोकिएको छैन । केहि दिन अघि गौरीगञ्ज ४ कदमगाछीमा भएको चौपाया चोरीको घटनाले सीमा क्षेत्रको सीलबन्दी प्रभाबकारी नभएको कुरालाइ थप बल पुगेको छ ।
गौरीगञ्ज गाउँपालिकाले सवारी साधन सँचालनका लागि उपलब्ध गराएको अनगिन्ती सवारी पासका कारण गौरीगञ्जका केहि मानिसहरुको दैनिक दमक आउजाउ पनि जारी छ । यसकारण दुबै तर्फबाट गौरीगञ्जमा कोरोना भाइरस भित्रने प्रवल खतरा बढेकोछ । गौरीगञ्ज क्षेत्रमा मलखाद तथा दैनिक उपभोग्य सामान खरिद बिक्रीको नाममा बिहानको समयमा दैनिक हुने गरेको अब्यबस्थित भिडभाडले सँक्रमणको जोखिमलाइ थप बढावा दिएको देखिन्छ ।
गौरीगञ्जको दुबै दिसा तर्फ देखिएको सँक्रमणको अवस्थालाइ मध्यनजर गरि हाल लाइ गौरीगञ्ज क्षेत्रलाइ रेड जोनमा राखेर यहाको लकडाउनलाइ थप कडाई गर्न जरुरी देखिन्छ । बिसम परिस्थितिलाइ ध्यानमा राखि दैनिक उपभोग्य सामानमा पसल ब्याबस्थापन मा उद्योग बाणिज्य सँघ को भुमिका पनि अहिले महत्वपुर्ण हुनु पर्दछ । दैनिक उपभोग्य सामान साग तरकारी तथा मलखाद को ब्यवस्थापनका लागि उद्योग बाणिज्य सँघ गौरीगञ्जले मोवाइल सेवा दिन सक्ने कुनै एक वा दुइ पसललाइ अनुमति प्रदान गरेर अत्यावश्यक सामान घर घर पुर्याउने ब्यबस्था गर्नु पर्दछ ।
गाउँपालिका ले बितरण गर्ने राहत कार्यक्रममा पनि बिगतको दिनमा अब्यबस्थित र दुरी बिनाको भिड देखिएकोले वडाहरुले स्वयम सेवक खडा गरेर भए पनि राहत घर घर पुर्याउने ब्यबस्था गर्नु पर्दछ ।
गौरीगञ्ज क्षेत्रमा अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुलाइ समेत अत्यावश्यक काम बाहेक गाउँपालिका भन्दा बाहिर नजाने गरि जोखिम कम नभए सम्म यतै बस्ने ब्यबस्था मिलाउन समेत जरुरी देखिन्छ ।
लक डाउन लाइ कडाइका साथ पालना गराउने सुरक्षा कर्महरु लाइ सहयोग का लागि म्यादी प्रहरी वा प्रत्येक टोल गाउँमा स्वयम् सेवक खटाउन पनि जरुरी देखिन्छ ।
साथै जनता आफैंमा पनि झन सचेत र झन सतर्क हुन आवध्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *