गौरीगञ्ज क्याम्पसका यादब र राजवँशी नेबिसँघको जिल्ला सदस्यमा मनोनित

पढ्न समय: 1 मिनेट

चैत १९ गौरीगञ्ज । गौरीगञ्ज क्याम्पस मा अध्ययनरत रोशन यादब र रेणुका राजवँशी नेपाल बिद्यार्थी सँघ को झापा जिल्ला सदस्यमा मनोनित भएका छन् । झापा जिल्ला अध्यक्ष सँजय निरौलाको हस्ताक्षर सहित जारी भएको जिम्मेबारी बाँडफाँड सम्बन्धी पत्रमा गौरीगञ्जका दुइ सहित ४६ जनालाइ सदस्यको जिम्मेदारी दिएको उल्लेख छ ।

- Advertisement -
Ad image

चैत ५ गते सम्पन्न भएको स्ववियु चुनाव मा यादव नेविसंघ का तर्फबाट स्ववियु सभापति का उम्मेदवार थिए भने सोहि प्यानलमा राजवंशी कोषाध्यक्ष पद स्वतन्त्र उम्मेदवार थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्