साउन ११, रँगेली । मोरङको रंगेलीमा ओम शान्ति ज्वेलर्स का सञ्चालक पवन सोनी स्थानीयको करोडौँ रुपैयाँको गरहना र नगद लिएर फरार भएका छन् ।
सोनि केहिदिन देखि पसल बन्द गरेर परिवार सहित सम्पर्क विहिन भएपछि पिडित हरुले उनि बिरुद्ध ईलाका प्रहरी कार्यालय रँगेली मा उजुरी दिएका छन् ।
उनि ग्राहकले बन्धकी राखेको सूनचाँदीका गरगहना र स्थानीय विभिन्न व्यक्तिहरुसँग लिएको सापटी रकमसहित केहीदिन अघि फरार भएका हुन् । उनी सपरिवार भारतको राजस्थानतिर भागेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
सोनी पसल बन्द गरेर सम्पर्कविहिन छन् । उनी फरार भएपछि प्रहरीमा उजुरी दिन आउनेको भीड लागेको छ । हालसम्म ३४ जनाले उजुरी दिइसकेका छन् । इलाका प्रहरी कार्यालय रँगेली मा ३४ जनाले दिएको उजुरी अनुसार २ करोड ६५ लाख ८४ हजार रुपैयाँ सोनीले तिर्न बाँकी देखिन्छ । अझै उजुरी आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ । ‘उनको पसल अहिले बन्द छ । भागेको भन्दै उजुरी आउनेक्रम जारी छ, हामी संकलन गरिरहेका छौँ ।’ इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले हाम्रो विराटनगरसँग भने,‘कति गरगहना र रकम भनेर यकिन हुन सकेको छैन । बैंकको पनि ऋण छ भन्ने बुझिएको छ ।’
सोनीले धेरैजसोलाई ब्यालेन्सबिनाको विभिन्न बैंकको चेकसमेत दिएको देखिएको छ