गजल

पढ्न समय: 1 मिनेट

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहदैन

त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहदैन

कित त्यो गोर्खाली हो नभए नेपोलियन बोनापार्ट
जो जितिरहन्छ बिस्वयुद्दमा कदापी हार सहदैन

पैसाको भेलै बगाए पनि तिमिलाइ खेदाइ नै रहन्छ
त्यो कुकुर अपराधिहरुको नालायक अनुहार सहदैन

हाम्रो प्रेम बिवाह सम्भब छैन मेरो घर नआउ नबराज
हामी छेत्री हौ,तिम्रो तल्लो जात मेरो परिवार सहदैन

हामी कोरोना लाग्दा पनि पिसिआर नपाएर मर्छौ
सरकार सिङ्गापुर पुग्छ एउटा सानू बुखार सहदैन

बुहारि छे म छु र नाति छ धेरै काम नगर्नु है,आमा
बिमारी हुनु भयो भने बुढो शरिरले बिमार सहदैन

यदि,तिमी रोयौ भने तिमिसङ्गै कोहि रोइरहेको हुनेछ
नरोउ,मेरो यो मन कसैको आखामा आँसु धार सहदैन

आमा नै हुन अथवा जमिन कित स्वयम भगवान
जो बाहेक यो दुनियामा कोहि सन्सारको भार सहदैन

usaबिरुद्द लादेन र इरानले हतियार यसैले उठायो
अति भएपछि,ज्यादती कसैले पनि बारम्बार सहदैन


सर्जक ✍️बिद्रोही कवि सुजन बुढाथोकी
ठेगाना//रतुवामाइ/मोरङ्ग

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्