जेठ २९, विराटनगर । कोशी प्रदेश नामकरणको विरोध गर्दै आएको संयुक्त संघर्ष समितिलाई कोशी प्रदेश सरकारले वार्तामा बोलाएको छ ।
प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूको संयोजकत्वमा गठित वार्ता टोलीको सोमबार बसेको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।
गत फागुन १७ गते प्रदेश सरकारले प्रदेश नँ १ को नाम कोशी प्रदेश घोषणा गरेपछि पहिचानबादीहरु ले आन्दोलन गर्दै आएका छन् ।
प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय ले एक आब्हान पत्र जारी गर्दै सँघर्ष समिति लाई वार्तामा आउन आह्वान गरेको हो ।