असोज १२ गौरीगञ्ज । अबिरल वर्षाका कारण जनताको तटबन्ध अन्तर्गतको कन्काई बाँध फुटेको छ । शनिबार साँझ हुलाकी राजमार्ग देखि ३ सय मिटर उत्तर तर्फ गौरीगञ्ज क्षेत्र तर्फ तटबन्ध गरिएको बाँध फुटेको कुरा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवंशीले जनाएका छन् ।

” राजमार्ग देखि उत्तर तर्फ करिब सय मिटर जति बाँध फुटेर पानीको बहाब गौरीगञ्ज तर्फ पसेको छ “- वडाध्यक्ष राजवँशीले भने । उनले आसपासका क्षेत्रका मानिसहरुलाई आफन्त या सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

बाँध फुटे सँगै वडा नं १ को ईश्वर बस्ती, टप्पु बस्ती, धानगाडा र भिम सुब्बाको बस्ती डुवाउने खतरा बढेको छ । त्यसैगरि पानीको बहाबले हुलाकी सडक भत्काए होकलवाडी र चौरी समेत डुब्ने कुरा वडा सदस्य राजभक्त सुनुवार ले जनाएका छन् । “हामी सँभावित खतरामा रहेका ३-४ वटा बस्ती का मानिस तथा चौपायाहरुलाई सुरक्षित स्थानमा लान सजग गराउँदैछौ” – उनले भने ।


वडाध्यक्ष राजवँशीका अनुसार जोखिम क्षेत्र का मानिसहरुलाई पृथ्वी नारायण प्रबि, रामजानकी आबि र बालकल्याण माविमा सारिने कुरा बताएका छन् ।