ईटहरीमा शँकास्पद बस्तु भेट्टियो

पढ्न समय: 1 मिनेट

पुस १६, सुनसरी । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडिको घुम्ती पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।

- Advertisement -
Ad image

आज बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहको नामबाट भोटेपुल, बुढीखोला र उपमहानगरपालिका अगाडि कालो झोलामा बम राखेको भन्ने म्यासेज प्राप्त भएको थियो। सूचना अनुसारको कालो झोला उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको छ भने बुढीखोला पुल मुनि एउटा बोरा भेटिएको छ।

प्रहरी उपरीक्षक तिम्सिनाले बुढीखोला पुलमा भेटिएको बोरामा शंकास्पद वस्तु भए नभएको पत्ता लगाउन तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको र शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्