
आन्दोलनका क्रममा गोली लागि एक जनाको मृत्यु ।एक पत्रकारको पनि गयो ज्यान ।
तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । मृतक किर्तीपुर ४ का सबिन महर्जन रहेको कुरा गृह मन्त्रालयले पुष्टी गरेको छ ।
घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका उनको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए ।
तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो ।
त्यस्तै आन्दोलनका क्रममा तीनकुनेमाआगजनी भएको भवनमा आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको कुरा देश सञ्चार डटकमले लेखेको छ ।
सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको जनाइएको छ ।