आजदेखि जोगवनी नाकामा कडाइ, भन्सार नतिरी कुनै सामान भित्रन नदिने

साउन १, मोरँग । आज साउन १ गतेदेखि जोगवनी नाकामा कडाइ गर्ने भएको छ ।‌ बाट भारतीय बजार जोगवनी जान कडाइ गर्ने भएको छ । भारतीय बजारमा किनिएका मालसामानको भन्सार पास नगरी नेपाल भित्र्याउन नदिन जोगवनी भन्सार नाकामा कडाइ गर्न लागिएको हो ।

बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार अर्थात विराटनगरका व्यापारी प्रभावित भएको भन्दै महानगरपालिले सीमा नाकामा कडाइ गर्न लागेको हो ।

विराटनगरका मेयर नागेश कोइरालाले महानगरबासीहरुले अत्यधिकरुपमा भारतीय बजार जाँदा विराटनगरको बजार सुक्दै गएका कारण स्थानीय व्यापार प्रवद्र्धनका लागि भन्सारमा कडाइ गर्न लागिएको जानकारी दिए ।

यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइएको थियो । तर, लामिछाने पदमुक्त भएसँगै उक्त नियम कार्यान्वयन भएको छैन् ।

मेयर कोइरालाका अनुसार अब हरेक सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने छ । उनले जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरेका छन् । ‘विराटनगरबासीहरु सस्तो सामान पाइन्छ भनेर जोगवनी गएको देखिन्छ,’ उनले भने, ‘अब जोगवनी जाने काम बन्द गरिदिनुहोस्, विराटनगरकै व्यापारीलाई सहयोग गरौँ ।’

अघिल्लो लेखमाबजेटमा मनपरी गरेको भन्दै उपाध्यक्षले कुटिन् अध्यक्ष
अर्को लेखमाकन्काई नगरपालिकामा आजदेखि सुर्तिजन्य पदार्थ बेच्न नपाइने