अर्काे आदेश नहुन्जेलसम्मका लागि बाह्रदशी गाउँपालिका शिल भएको छ । बाह्रदशी गाउँपालिका – ४ निवासी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल भएको हो ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकालाई शिल (आवतजावल गर्न निषेध ) गर्ने निर्णय गरेको हो । संघीय सासद राजेन्द्र लिङ्देनको समेत सहभागीतामा आज गाउँपालिकामा सम्पन्न बैठकले गाउँपालिकाको पूर्ब तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर(घाग्रा खोला) सम्मको चारकिल्ला भू– भाग शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन भएको छ । गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी समिति गठन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *