२५ बोरा सुर्ति प्रकरणमा नयाँ मोड । आरोप प्रत्यारोप सतहमा

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज मँसिर १६ । आइतबार झापाको गौरादह नगरपालिका ८ जुरोपानीबाट सुचनाका आधारमा प्रहरीले २५ बोरा सुर्ती बरामद भएपछी त्यो सुर्तीको मालिकका बारेमा आरोप प्रत्यारोप शुरु भएको छ ।
सो सुर्ती बारे प्रहरीलाइ सुचना दिने खजुरगाछीका परमेश्वर साह हलुवाइले बिहान गौरीगञ्ज दर्पण डटकम सँग कुराकानी गर्दै सुर्तीबारे प्रहरीलाइ सुचना दिदा समेत प्रहरीले छापा मार्न आद्यटाल गरेको कुरा बताएका थिए भने उनले सुर्तीमा मालिक सञ्जय साहलाइ प्रहरीले नै फोन गरि सुर्ती लुकाउन भनेको कुरा बताएका थिए । उनले घरधनी गौरीदास र उनकी श्रीमती घरमै हुदा हुदै पनि प्रहरीले पक्राउ नगरेको आरोप लगाएका थिए ।
साहको भनाइ गौरीगञ्ज दर्पण को फेसबुक पेज मार्फल बाहिरिए पछी गौरीगञ्ज दर्पण लाइ सुर्ती बरामद भएको घर धनी गौरी दसकी श्रीमती आरती बैरागीको को भिडियो प्रप्त भएको छ । जसमा उनले सो घर परमेश्वर साहले नै भाडामा लिएको र उनले नै टेम्पोमा सुर्ती ल्याउने र लैजाने गरेको बताएका छन् । यद्यपी उनले हिजो प्रहरीलाइ आफ्नो घर भाडामा लिने ब्यक्तीको नाम थाहा नभएको र अनुहार हेर्दा मात्र चिन्न सक्ने बयान दिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । जबकी भिडियोमा उनले आरोपलाएको ब्यक्ती साह घटना स्थलमै रहेको र सुर्ती प्रहरीको गाडीमा सघाइरहेको कुरा साहले बताएका छन् ।
यसबारे इलाका प्रहरी कार्यालयसँग सुचना माग्दा घटना अनुसन्धानका क्रममा रहेकोले यसबारे मिडियामा बोल्न नहुने बताएका छन् भने बरामद सुर्ती राजस्व कार्यालयमा दाखिला गरेपश्चात राजस्व कार्यालयले प्रतिबादी खडा गरेपछी प्रतिबादी ब्यक्तीलाइ पक्राउ गरिने कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *