वडा नँ ५ का एकल महिला दलित तथा जेष्ठ नागरिकलाइ कपडा बितरण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ५ को कार्यालयले लक्षित बर्गको बजेट बाट आफ्ना वडाका जेष्ठ नागरिक एकल महिला तथा दलित जेष्ठ नागरिकहरुलाइ कपडा बितरण गरेको छ ।
वडाले १ सय ३८ जना एकल महिलाहरुलाइ साडी २४ जना दलित जेष्ठ तथा ८१ जना जेष्ठ नागरिकहरुलाइ दौरा सुरुवाल तथा साडी बितरण गरेको हो ।
आइतबार चिल्हारा चोक स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कपडा बितरण गरिएको हो । ५ नँबरका वडाध्यक्ष बिजय प्रसाद सिँह को सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा शाखा अधिकृत बिरेन्द्र खड्का वडा सदस्यहरु लिला गन्गाइ देबनारायण गन्गाइ राजेन्द्र ताजपुरिया कैली ऋषिदेव नेकपा प्रदेश कमिटी सदस्य हृदय ठाकुर नेकपा वडा कमिटी अध्यक्ष अशोक ताजपुरिया लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *