गौरीगञ्ज‚ १ कार्तिक । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरँगको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ । रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत सञ्चालन हुन नसकेपछी झापा र मोरँगका स्थानीय समुहले दुइ छुट्टा छुट्टै भाटाको पुल बनाएर खोला तर्ने जनताहरुसँग अबैध शुल्क वसुल्दै आएका छन् ।
शुल्क उठाउने बिषयमा दुबै भाटे पुल समुह बिच बिबाद हुदा केहि दिन अघि दुबै पक्ष बिच हात हालाहालको अबस्था आएको थियो । झापाका तर्फबाट पुल बनाउने गँगा बाबाजी र मोरँगका तर्फबाट पुल बनाउने कैलाश श्रेष्ठ बिचको बिबाद चुलिएपछी आज दुबै पक्ष र स्थानीयहरुको रोहबरमा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाइ नगरपालिकाका मेयर रबिन राइले रतुवा खोला तर्दा कुनै पनि पक्षले कसैसँग कुनैपनि शुल्क लिन नपाउने भद्र निर्णय गरेका छन् । दुबै पक्षको प्रतिनिधि र दुबै स्थानीय तहको जनप्रतिनिधि बिच शुब्रबार बेलुका भएको सहमती अनुसार दुबै पक्षको भाटे पुल सञ्चालकलाइ दुबै पालिकाले पुल बनाएको खर्च स्वरुप रु १५— १५ हजार दिने र अब उपरान्त कुनै पनि समुहले कसैसँग पनि पुल तर्दा कुनै शुल्क लिन नपाउने निर्णय गरेको छ । निशुल्क सेवामा पुलको सुरक्षाका लागि मँसिर १ गते सम्म दुबै पक्ष गँगा बाबाजी समुह र कैलाश समुह लाइ रेखदेखको जिम्मा दिइएको छ । छलफल पछी स्थानीयहरु सँग कुरा गर्दै गौरीगञ्ज गापाका प्रमुख बाबुराजा श्रेष्ठ र रतुवामाइ नगरपालिकाका मेयर रबिन राइले मँसिर १ गते पछी मात्र दुबै समुहलाइ सहमती भएको रकम उपलब्ध गराउने र सो बिच पुलको रेखदेख र सुरक्षा नभए उनिहरुलाइ १५ — १५ हजार रुपैया पनि नदिने सहमती भएको कुरा बताए ।

छलफलमा गौरीगञ्ज गाउँपालिका र रतुवामाइ नगरपालिकाले आ आफ्नो क्षेत्र मा तटबन्धन गरि बाटोमा माटो र ढुँगा भरेर रतुवाको पक्की पुल यसै बर्ष सञ्चालन गर्ने समेत सहमती गरेको छ ।
छलफलमा गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ रतुवामाइ नगरपालिकाका मेयर रबिन राइ प्रदेश सभा सदस्य शिबनारायण मण्डल गौरीगञ्ज गाउँपालिका न्यायीक समिती सदस्य राजेन्द्र ताजपुरिया इलाका प्रहरी कार्यालय प्रमुख गणेश भट्टराइ झापा तिरका पुल सञ्चालक गँगा बाबाजी रमोरँग तर्फका पुल सञ्चालक कैलाश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थीती थियो ।
केहि दिन अघि गौरीगञ्ज दर्पणले रतुवा खोलामा भाटेपुल बनाइ अबैध वसुली बिषयमा रिपोर्ट प्रकाशित गरेको थियो ।

