गौरीगञ्ज‚ १ कार्तिक । नेशनल मोर्डन एग्रीकल्चर नेपालले गौरीगञ्ज गाउँपालिकामा शाखा कार्यालय स्थापना गरेको १ महिना पछी शुक्रबार सो शाखाको बिधिबत उद्घाटन गरेको छ । गौरीगञ्ज ६ स्थित शिबालय मन्दिरको हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यालयको बिधिबत उद्घाटन गरिएको हो । सँस्थाका अध्यक्ष धनपती आचार्यको सभापतित्मा भएको कार्यक्रममा प्रमुख अतिथी बाबुराजा श्रेष्ठले दीप प्रज्वलन र ब्यानर अनाबरण गरि कार्यालयको उद्घाटन गरेका थिए ।
उद्घाटनको अबसर पारेर सँस्थाले वडा नँ ६ का जेष्ठ नागरिक नरप्रसाद पाठकलाइ सम्मान पत्र सहित सम्मानित गरेका छन्
।
कार्यक्रम र कार्यालय स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै सँस्थाका कार्यक्रम सँयोजक राजेश बिसिले कृषि पेशालाइ आधुनिकिकरण गर्ने सँस्थाको स्थापना भएको बताए । उन्नत जातका पशु पँक्षी कृषकलाइ किस्ताबन्दीमा दिने स्थानीय महिलाहरुलाइ सीपमुलक तालिम दिइने बन ब्यबस्थापन तथा जैबिक र अर्ग्यानीक तरकारी खेती सँबन्धी कृषकहरुलाइ दक्ष बनाउने लगायतको कार्यहरु सँस्थाले गर्ने कुरा उनले बताए ।
वडा नँ ३ का वडाध्यक्ष मखना महतीले बिभिन्न सँस्थाका कार्यालयहरु आफ्नो गाउँपालिका भित्र स्थापना हुनु राम्रो कुरा भएको बताउदै सँस्थाहरुले सेवाग्राहीलाइ ठगि गर्न नहुने तर्फ सचेत गराएका थिए ।
प्रमुख अतिथीको स्थानबाट बोल्दै गापा अध्यक्ष श्रेष्ठले सँस्थाको उद्देश्य राम्रो भएको र राम्रो कामका लागि गौरीगञ्ज गाउपालिका सँस्था सँग सहकार्य गर्न इच्छुक रहेको कुरा बताए ।
जीवन ढकालले सञ्चालन गरेको कार्यक्रममा सँस्थाका तर्फबाट निर्मला दाहालले स्वागत मन्तब्य प्रस्तुत गरेकी थिइन भने कार्यक्रममा इलाका प्रहरी गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराइ सशस्त्र प्रहरी गौरीगञ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठ वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी २ का वडाध्यक्ष अघनु राजवँशी ३ का वडाध्यक्ष मखना महतो ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइ कार्यपालिका सदस्य राधा अधिकारी लिला गन्गाइ रेडक्रस सोसाइटी गौरीगञ्जका अध्यक्ष कैलाश मास्के जेष्ठ नागरिक सँघका रामकृष्ण यादव लगायतको उपस्थीती रहेको थियो ।

