पहिरोले घर पुरिदा झापामा पनि एकको ज्यान गयो

पढ्न समय: 1 मिनेट

७ साउन, गौरीगञ्ज । झापाको पहिडी गाउँपालिका बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हाे ।
उनि मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएकामा उनको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको छ ।
पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्