Happy Tihar 2082

देश दुखेको बेला

पढ्न समय: 1 मिनेट

वेचेर देश हाँस्नलाई कसम कदापी खाईदैन
राष्ट्रियता छोडी पराई कित्ता विर्सेर जाईदैन
नेपाली हामी अन्तिम सास रहे सम्मलाई मर्दैनौ
यो मातृभुमी सवैको प्यारो जोगाउन गल्दैनौ

किल्ला र गौडा रुगेंर वस्छौ पिचास आईलागे
मन्साई दिन्छौ पन्छाई दिन्छौ रोगले खाईलागे
नझुक्छ कहिले पहराको छाती उम्लेको रगत
पल्टाई हेर ईतिहास हाम्रो सव हारे जगत

- Advertisement -
Ad image

सिरानी राखी यो माटो संधै सद विचार पोख्दछौ
भाईचारा राखी सव जाती मिली नेपाल छोप्दछौ
चलायौ भने अरिङ्गाल जस्तै कही गए छोड्दैनौ
नेपाली हुनु गर्भ छ आफ्नै स्व धर्म तोड्दैनौ
– रमेश कोइराला

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *