
गौरीगञ्ज । गायक रमेश मास्के र निकिता राजबँशीले कोच भाषाको नयाँ गीत सार्वजनिक गरेका छन् । दसैँको अबसर पारेर दिलेर धडकन… बोलको उक्त गीतको लिरिकल भिडियो गायक मास्केले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरेका हुन् ।
कोच भाषाका बरिष्ठ गीतकार गोपाल राजबँशीको शब्द रहेको उक्त गीतमा सँगित भने कोच भाषाकै चर्चित गायक बल बहादुर राजबँशीले भरेका छन् । डोरेमी स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको गीतमा गायक मास्के सँग कोच भाषि गायिका निकिता राजबँशीले जुगलबन्दी गरेकि छन् ।
यस अघि झुलु कि म बोलको नेपाली म्युजिक भिडियो र कि कर्नु… बोलको कोच भाषि गीत बजारमा ल्याई सकेका गायक मास्के र धडकन बोलको नेपाली पप म्युजिक भिडियो र सुखे सुखे बोलको कोच भाषि म्युजिक भिडियोमा जुगलबन्दि स्वर दिएकी गायिका राजवँशी सँगित क्षेत्रमै सँघर्षरत छन् । निकिता राजवँशीको सावने झरीमा त्यो गाउको गोरेटो को कभर गीत युट्युवमा ३९ हजार पटक हेरिएको छ ।
भिडियो हेर्नका लागि यो रातो लिङ्कमा क्लिक गर्नुहोस