गौरीगञ्ज मा बि मा चोरी प्रयास

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज बजार स्थित गौरीगञ्ज माध्यमिक बिद्यालयमा गए राती चोरीको प्रयास भएको छ । कार्यालयको दक्षिण पट्टीको झ्याल फोडेर चोरीको प्रयास भएको कुरा प्रधानाध्यापक गोबिन्द घिमिरेले जानकारी दिनुभएको छ ।
झ्यालको रड निकालेर कार्यालय भित्र पसि दराजहरु फोडेको र दराज भित्रका काजगाजहरु बाहिर निकालेर छरपस्ट अबस्थामा कार्यालय रहेको जानकारी वहाले गराउनु भएको छ ।
तोडफोड भएपनि सामान चोरी नभएको र तोडफोड गर्नेको खोजि भईरहेको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *