गौरीगञ्जमा लेकसेवा परीक्षा तयारीका नि:शुल्क कक्षा सञ्चालन हुने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा निशुल्क लोकसेवाका तरिया कक्षाहरु सँचालन हुने भएको छ । गौरीगञ्ज गाउँपालिकाको कार्यालय आर्थिक सहयोग र हकीङ ग्लीवल एजुकेशनको प्रविधिक सहयोगमा सो कक्षा सँचालन हुन लागेको हो ।
खरिदार र नायव सुव्बा पदको परीक्षाका लागि निशुल्क तयारी कक्षा सञ्चालन हुन लागेको हो । यहि चैत १ गते देखि शुरु हुने तयारी कक्षामा बिहान नायव सुब्बाको र बेलुकी खरिदारको कक्षा सञ्चालन हुने कुरा गाउँपालिकाले जारि गरेको सुचनामा उल्लेख छ ।
नायब सुब्बा र खरिदार पदका लागि लोकसेवा आयोगले तोकेको उमेरको हद र योग्यता पुगेका गौरीगञ्ज गाउँपालिका भित्रका उम्मेदवारहरुले यहि फागुन २५ गते भित्र शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहितको आबेदन फारम सँबन्धीत वडा कार्यालयमा बुझाइ सक्नु पर्ने कुरा सुचनामा उल्लेख गरिएको छ ।
तयारी कक्षामा सहभागि हुनका लागि फागुन २७ गते प्रारम्भीक परीक्षामा सहभागि हुनु पर्ने छ । परीक्षामा उतिर्ण हुने उत्कृष्ट दुबै समुहका ३० — ३० जना ले मात्र तयारी कक्षा लिन पाउने ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply to Subash Cancel reply

Your email address will not be published. Required fields are marked *