गुलाबी कार्ड भित्र बैशालु कबिता

पढ्न समय: 7 मिनेट

मदन राजवंशी “मनप्रीत
नयाँ बर्ष लाग्नु अगाडि नै हामी स्कुले ठिटा ठिटीहरुलाइ पोष्टकार्ड किन्ने पैसा कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउन थाल्थ्यो । लगभग चैतको पहिलो साता तिरै बजारका गिफ्ट, कस्मेटीक र फेन्सी पसलहरुमा नयाँ नयाँ पोष्टकार्डहरुले भरिभराउ भसकेका हुन्थे भने हामी पनि टिफीन खााने पैसाबाट एक एक रुपैया कटौति गरि पैसाको जोहो गर्न थाल्थ्यौ । अनि दस रुपैया सम्म भेला भए लगतै पसल तिर कुद्थ्यौ, पोष्टकार्ड किन्न । त्यस ताका नयाँ बर्षमा क्लासका साथीहरु लाइ पोष्टकार्डमा शुभकामना लेखेर पठाउने चलन थियो ।
त्यति खेरका जल्दा बल्दा फिल्म एक्टरहरुको फोटो भएको पोष्टकार्ड हाम्रो पहिलो छनौटमा पर्थे । त्यसो त हरियाली सिनेरीहरु भएको अनि राम्रो गुलाबको चित्र भएको पोष्टकार्ड पनि हाम्रो छनौटमा नपर्ने त हैन तर फुल र सिनेरी भएको पोष्टकार्डहरु किन्दा साथीहरुले जिस्काउने गिज्याउने भय रहन्थ्यो ।
त्यस बेला युवा युवतीहरु बीच प्रेम सम्बन्ध जोड्ने काममा पोष्टकार्डले ठुलो महत्व राख्दथ्यो । हामी भन्दा सिनियर क्लास (नौ र दस) का दाजु दिदीहरुले भने यस्ता फुल र सिनेरी भएका पोष्टकार्डहरु खुबै किन्थे । नयाँ बर्ष लाग्नु भन्दा एक हप्ता अधि देखि नै सिनियर क्लासका हरु बीच पोष्टकार्ड पठाउने होड चल्थ्यो ।
उनिहरुको लभ अफेयर शुरु गर्ने मौका नै यहि हुन्थ्यो । यस मामिलामा भने ति सिनियर बिद्यार्थीहरुले हामी सात आठका जुनियर हरुलाइ खुबै प्रयोग गर्थे । उनिहरुले लेखेका पोष्टकार्ड आ आफुले मन पराएको मान्छे सम्म पुर्याउन हामीलाइ हुलाकीका रुपमा प्रयोग गर्थे । यस वापत हामी टिफीन टाइममा चटपटे खान पाउथ्यौ । शुभ कामना लेखिएका पोष्टकार्ड राम्रो फुलबुट्टे कागजमा खाम बन्दि गरिएको हन्थ्यो भने बाहिर चिटिक्क परेको अक्षरमा पाउनेको नामपनि लेखिएको हुन्थ्यो । आ … यिनीहरुको कति हुलाकी बन्नु ? कोइकोइ बेला झर्को लागेर हामी ती खाम बन्दि पोष्टकार्ड खोलेर पढि दिन्थ्यौ । ति पोष्टकार्ड भित्र शुभ कामना केबल औपचारीकता पुरा गर्न मात्र लेखिएका हुन्थे , बाकि पुरै पोष्टकार्ड माा माया पिरतीका भावना प्रसस्तै कोरीएका हुन्थे । ति पोष्टकार्डहरुको अर्को बिशेषता केपनि हुन्थ्यो भने ति पोष्टकार्डहरुमा स साना चार लाइनका कबितात्मक सिर्जनाहरु लेखिएका हुन्थे ।
बसन्त ऋतु अन्त भइ
शिशिर ऋतु आउछ रे
मिलन भइ बिछोट हुदा
अबश्य याद आउछ रे

=====
रात रुन्छ एकान्तमा
सुर्यको दर्शन नपाइ ।
यो मन रुन्छ एकान्तमा
तिम्रो दर्शन नपाइ ।

=====
जिन्दगी यसै गरी हासेर बितोस,
मुटुमा गहिरो चोट भएपनि ।
सम्झनालाइ संगाली राख्नु
भाग्यले बिछोड भएपनि ।

=====
सपनाको झझल्को बिपनामा छाँया
जीवन टाँढा रहेपनि नजिक रहोस माया ।

ति कबिता, सायरीहरुमा माया पिरती, सम्झना बिर्सना अनि मिलन, बिछोडका मर्मस्पर्शी भावनाहरु ब्यक्त भएका हुन्थे । समाज प्रतिको बिद्रोह अनि बैशालु मनका प्रेमिल भावनाहरुले ओतप्रोत भएका हुन्थे । र जीबनको भोगाइ बेदना अनि एक अर्का प्रतिको समर्पण भावहरु कोरीएका हुन्थे ।
कति छोटो जिन्दगी यो
चैत बैशाखको हुरी जस्तो
कति छोटो हाम्रो मिलन
यो राती देखेको सपना जस्तो ।
=====
केलाई हेर मेरो भित्रि आत्मामा
तब पाउनेछौ ब्यथाको संसार ।
खोजि हेर मेरो भित्री हृदयमा
तब पाउनेछौ सच्चा प्यार
।=====
जुनेली रातमा
तस्बिर छ हातमा
लेख्दैछु यो पोष्टकार्ड
माया तिम्रै यादमा ।
=====
फुल भए फुली दिन्थे
काँडा भएर फुल्न सकिन ।
अरु भए भुलि दिन्थे
तिमी भएर भुल्न सकिन ।
=====
बगैंचा त केवल स्थान मात्र हो,
शोभा दिने त फुल नै हो ।
यो त केबल बहाना मात्र हो
सम्झने त हजुरको मुटु नै हो

कुनै कुनै यस्ता कबिता सायरीहरुमा आशाबादि भावहरु पनि ब्यक्त भएका हुन्थे ।
आशु बगेर सागर बनोस,
तिमी बिहानी बनेर हासी दिनु ।
शरीर मरेर माटो बनोस,
तिमी इतिहास बनेर बाँचि दिनु ।
=====
हारहरुको जुत्ता लगाउ जितहरुको टोपि
आशाहरुको माला लगाउ निराशालाइ छोपि ।

नेपाली सायरी मात्र होइन, कतिपय पोष्टकार्डहरुमा हिन्दी भाषका सायरीहरु पनि लेखिएका हुन्थे ।


चलती है गाडी तो उड्ती है धुल

- Advertisement -
Ad image

हसतीहै आप तो खिलतीहै फुल.

बसेहो मेरे दिल मे सबारे,
छुप ना जाए कहि चान्द तारे
हसरते जिन्दगी के सहारे
जि रहे हम मुहब्बत के मारे ।
=====
बाग मे बहुत से फुल है
लेकिन गुलाब जैसा नहि
दुनिया मे बहुत सी लडकी है
लेकिन आप जैसा नहि ।

प्राय सबै पोष्टकार्ड हरुमा एकै खालका सायरीहरु दोहारी रहेका हुन्थे भने कतिपय अबस्थामा यस्ता कबिता सायरीहरु का रचनाकार पोष्टकार्ड पठाउने मान्छे स्वयम हुन्थे । यस्ता सायरीहरु बिल्कुल नयाँ हुनेगर्थे ।
पोष्टकार्डमा लेखिने सायरीहरुको रचना जसले गरेपनि उसलाइ रचनाकारको उपमा पाउने लोभ कहिले पनि हुदैनथ्यो । यस्ता कबिता सायरीहरुको रचना कसले गरे भन्ने कुराको कसैले चासो पनि लिदैनथे । तर यस्ता चार लाइनमा छोटो मिठो भावना ब्यक्त हुने यी कबिता सायरीहरु पोष्टकार्ड कै माध्यम बाट बर्षै सम्म् जिबित रहन्थे ।
गुलाबको फुल भएको पोष्टकार्ड हामी जुनियर क्लासका हरुले किन्न अाँट नगरे पनि तिनीहरुले पोष्टकार्डमा लेख्ने यस्ता कबिता सायरीहरुको सिको हामी पनि गर्दथ्यौ । कुनै पोष्टकार्डमा नयाँ सायरी देख्यो की हामी आफ्नो कपिमा त्यसलाइ सारीहाल्थ्यौ । कति सायरीहरुको अर्थ हामी बुझेर पोष्टकार्डमा लेख्थ्यौ भने कति सायरीहरुको अर्थ नै नबुझि लेखिदिन्थ्यौ जुन हास उठ्दा हुन्थे ।
गुलाबको बोटमा काडै काडा
मायालु तिमी जति टाँढा, म साला उति गतिछाड

——

काठमाण्डौको के दिउ
इलामको आइ
सुनसरीको डवल एस

प्रीय तिमीलाई

———–

चिया त पाकी सक्यो
चिनी हाल्न बाँकी छ ।
माया त बसि सक्यो
सिन्दुर हाल्न बाँकी छ ।

यस्ता सायरीहरु कसलाइ लेखेर पठाउदैछौ भन्ने कुराको समेत हामी मसिना केटाकेटीहरु लाइ मतलब हुदैनथ्यो । मतलब हुन्थ्यो त केबल आफु भन्दा सिनियरहरुले झै पोष्टकार्ड भरी भराउ पार्नसंग । अर्थ नै नबुझि यस्ता सायरीहरु कति आफ्नै क्लासका क्षात्राहरुलाइ पनि लेखेर पठाइएछ । अहिले यि सायरीहरुका अर्थ र ति स्कुले दिनहरु संझिदा आफैसंग लाज लागेर आउछ र एक्लै हास्न मन लाग्छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *