गौरीगञ्ज‚ २४ असोज । शुक्रबार झापाको गौरीगञ्ज ३ स्थित खजुरगाछी मेलामा सम्पन्न सन्थाल नृत्य प्रतियोगिता झापा गाउँपालिका २ सुगमथान समुहले जितेको छ । त्यसैगरि गौरीगञ्ज २ कोरोबारीको जियोङ्ग झरनाले दोश्रो स्थान हात पार्न सफल भएको छ भने गौरीगञ्ज खाडीटोलका सगरमाथा सन्थाल युवा क्लवले तेश्रो स्थान हात पारेको छ ।
त्यसै गरि मोरङ्गको रँगेली सन्थाल आदिबासी समुहले चौथो स्थान र मोरङ्ग्कै सन्थाल सँस्कृती युवा क्लब सुनबर्षीले पाचौ स्थान हात पारेको छ ।
प्रथम‚ दोश्रो तेश्रो चौथो र पाचौ हुने बिजयी समुहलाइ क्रमश नगद रु १५ हजार‚ ११ हजार‚ ७ हजार‚ ५ हजार र ४ हजार नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
जयनारायण दासको अध्यक्षतामा भएको नृत्य प्रतियोगिता कायक्रममा प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए भने उपाध्यक्ष दिपेन्द्र थापा प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्य लगायतको उपस्थिती रहेको थियो ।
सानुराजा श्रेष्ठ सुरेन्द्र शर्मा चन्दर नायक चन्दर प्रसाद साह र जगन मुर्मुको पाच सदस्यीय निर्णायक समितीले बिजयी नृत्य टोलीहरुको छनौट गरेको थियो ।
सन्थाल नृत्य सँगै खजुरगाछी मेला यस बर्ष पनि भव्यताका साथ सम्पन्न भएको कुरा कार्यक्रम सञ्चालक गँगा राजवँशीले बताए ।
खजुरगाछी मेलाको सन्थाल नृत्य प्रतियोगिता झापाको सुगमथानले जित्यो
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

