एक दिने स्वास्थ्य शिबिर सम्पन्न

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । तुलसादेवी हरिहर फाउण्डेशन र गौरीगञ्ज गाउँपालिकाको सँयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आम्दा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न भएको सो शिबिरमा आम्दा अस्पतालबाट आएका बाल रोग बिशेषज्ञ डा सत्यनारायण चौधरी स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा प्रबिणा कट्टेल र डा उपमा मिश्रले बिशेषज्ञ सेवा प्रदान गरेका थिए ।
बुधबार प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा सञ्चालित शिबिरबाट १ सय ८० जना बिरामीले सेवा पाएको कुरा शिबिरका सँयोजक टिकाराम गुरागाइले बताएका छन् ।
वडाध्यक्ष बद्री नारायण यादबको सभापतित्व र गाउँपालिका अध्‍यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यमा भएको शिबिरको उद्घाटन सत्रमा तुलसादेवी हरिहर फाउण्डेशनका अध्यक्ष सरु सुबेदीले गौरीगञ्ज जस्तो सुबिधाबाट बञ्चित ठाउमा शिबिर सञ्चालन गर्ने अबसर दिएकोमा गौरीगञ्ज गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज धन्यबादको पात्र रहेको बताएका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *