कार्तिक २२ , गौरीगञ्ज । माई पश्चिम झापाकै सबै भन्दा जेठो बिद्यालय गौरीगञ्ज माध्यमिक विद्यालय ले आफ्नो स्थापनाको ७२ बर्ष पछी पहिलो पटक स्थापना दिवस मनाएको छ । मँगलबार बिद्यालय को प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बिद्यालय को ७२ औँ स्थापना दिवस मनाईएको हो ।
स्थापना दिवसको अवसरमा पुष्प बरुवाल स्मृति फाउण्डेशनका तर्फ बाट विद्यालयका तिन जना जेहेन्दार विद्यार्थी लाई छात्रबृती प्रदान गरिएको थियो । बिद्यालमा कक्षा ५ मा अध्ययनरत कबिता खत्री, कक्षा ७ मा अध्ययनरत प्रबिण राजवंशी र कक्षा१० मा अध्ययनरत रक्षासाह लाई जनहि रु ७ हजार ५ का दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य पाण्डव झाको सभापतित्वमा र वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्थापना दिबसमा बिद्यालय का प्रधानाध्यापक गोबिन्द घिमिरेले बिद्यालय को एतिहासिक कालखण्डका बिभिन्न आरोह अवरोह को समिक्षा गरेका थिए भने शिक्षक प्रतिनिधि भैरब पोख्रेल ले आगन्तुक हरुलाई स्वागत गरेका थिए । कार्यक्रम मा पुष्प बरुवाल स्मृति फाउण्डेशनका अध्यक्ष महेश कोईराला लगायतको उपस्थिति रहेको थियो ।