स्थानियले सडक अबरुद्ध गरेपछी असार १५ गतेसम्म काम सम्पन्न गर्ने सहमती

पढ्न समय: 2 मिनेट

जेठ २८ गौरीगञ्ज । काम शुरु गरेर ठेकेदारले लामो समयदेखि गौरीगञ्ज अल्ताबारी सडक अलपत्र पारेपछी स्थानियहरुले हिजो र आज ढाट लाएर सडक अबरुद्ध गरेका छन् । स्थानियहरुले सडक अबरुद्ध गरेपछी आज गौरीगञ्ज गाउँपालिकामा बसेको स्थानिय सहितको बैठकले असार १५ गतेसम्म सडक निर्माण कार्यसम्पन्न गर्ने सहमती गरेको छ । गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा बसेको बैठकमा सडक डिभिजन कार्यालयका प्रमुख श्याम कुमार यादव साइट इञ्जिनियर सुनिल कुमार गुप्ता र ठेकेदार कम्पनी अँकित निर्माण सेवाको प्रतिनिधि राजिब चौधरी तथा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडाध्यक्ष श्रवण गिरी र सरोकारवालाहरु सहित बसेको छलफलले सो सहमती गरेको हो ।

- Advertisement -
Ad image

छलफलले गरेको लिखित सहमतीमा आज जेठ २८ गते देखि नै काम शुरु गर्ने र कल्भर्टको काम ५ दिन भित्र सक्ने साथै असा १५ गते भित्र सडक कालोपत्रे गर्ने काम समेत सम्पन्न गर्ने सहमती भएको छ । त्यसै गरि सडकमा धुलो नउड्न सडक नबनुञ्जेल दैनिक पानी हाल्ने समेत सहमती गरेको छ ।

गौरीगञ्ज चोक बाट दक्षिण एउटा कल्भर्ट सहित ९ सय ८० मिटर लामो सडक असार मसान्त सम्म कालोपत्रे गर्नका लागि अँकित निर्माण सेवाले रु १ करोड १६ लाखमा ठेका पाएको थियो । सो सडक बनाउन भनेर काम अलपत्र पारी ठेकेदार लामो समय देखि सम्पर्कमा नआउँदा स्थानियहरुले दैनिक धुलो लगायतको समस्याबाट सास्ती खेप्दै आएका छन् । स्थानिय सरकारका जनप्रतिनिधिहरुलाइ घचघच्याउँदा समेत सडक बन्ने छाँट नदेखेपछी स्थानियहरुले हिजो चोकमा र आज गाउँपालिका को गेट अगाडी ढाट लगाएर सडक अबरुद्ध गरेका थिए । सहमती पछी सडकको अबरोध हटाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्