सवारी दुर्घटना हुँदा दुईको मृत्यु

पढ्न समय: 1 मिनेट

असार १२, बिर्तामोड ।‌पूर्व पश्चिम राजमार्गको दूधे माइधार सडक खण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए ।

- Advertisement -
Ad image

आज विहान ७ बजे शिवसाक्षीको भालुखोलामा पूर्वबाट पश्चिम तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिदा गाडीमा सवार पाँच जना घाइते भएका थिए ।

गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्