
समाचारको बिषयमा पत्रकार राजवँशीमाथि आक्रमण प्रयास गर्ने २ जना पक्राउ
माघ ११ गौरीगञ्ज । गत पुस २९ गते गौरीगञ्ज दर्पण डटकममा प्रकाशित खजुरगाछ साना किसान सहकारीको लाखौ रकम अपचलन- ढाकछोप गर्दै समिती शिर्षकको समाचारको बिषयलाइ लिएर गए राति गौरीगञ्ज दर्पण डटकमका सम्पादक मदन राजवँशी माथि हातपात गर्न खोज्ने दुइ जनालाइ पक्राउ गरेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
गए राति गौरीगञ्जमा जारि आदिबासी जनजाती महोत्सबमा गायिका मेलिना राइको प्रस्तुतीको प्रत्यक्ष प्रसारण गरेर फर्किने क्रममा पत्रकार राजवँशी माथि आक्रमण प्रयास भएको हो । गायिका मेलिना राइको प्रस्तुती अन्तिम चरणमा रहेको बेला स्टेज मै ढुँगामुढा गरिएको थियो ।
सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेर फर्किने बेला महोत्सब स्थल मै खजुरगाछी साना किसान सहकारी की ऋण समिती सँयोजक नुना चम्लागाइका छोरा एकराज चम्लागाइ उनका साथि सन्तोष कार्की लगायतल ६-७ जनाको समुहले पत्रकार राजवँशीलाइ घेरा हाली नुना चम्लागाइले सहकारीबाट ऋण खाएको बिषयमा किन समाचार लेखेको भनेर धम्की सहित प्रहीकै अगाडी आक्रमण प्रयास गरेका थिए भने प्रहरी र स्वयम् सेवकहरुले उनिहरुलाइ लखेटेका थिए । मेलिना राइको प्रस्तुति चलिरहँदा मञ्चमा ढुँगा मुढा गर्ने पनि त्यहि समुह रहेको र सो कुरा उनिहरुले फोन मार्फत स्विकार गरेको कुरा मेला आयोजक समितीका सदस्य तथा सञ्चारकर्मी आत्माराम राजवँशीले बताएका छन् ।
आज दिउसो पत्रकार राजवँशी र मेला आयोजक समितीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा दोषिहरुलाइ कार्वाही गरिपाउ भनि निवेदन दर्ता गरेका थिए । निवेदन दर्ता पछी एकराज चम्लागाइ र सन्तोष कार्कीलाइ पक्राउ गरिएको कुरा इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको बिषयलाइ लिएर प्रेस चौतारी झापा प्रेस युनियन झापा लगायतका सँघ सँस्थाहरुले दोषि माथि कार्वाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका थिए ।